Logo

सुदूरपश्चिम प्रदेश सभा : तीन महिनापछि हिउँदे अधिवेशन



काठमाडौं, माघ ६ । अघिल्लो अधिवेशन अन्त्य भएको तीन महिनापछि सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुखको आह्वानमा शुक्रबारबाट प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको हो । यस अधिवेशनलाई कानुन निर्माण गर्ने अधिवेशनका रूपमा पनि लिने गरिन्छ । अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखले पठाएको पत्र पढेर सदनलाई सुनाएका छन् ।

सदनमा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकले विशेष समय लिएर अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले पर्याप्त ‘बिजनेस’ दिएर सदनलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्