काठमाडौं,७ माघ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ११ बजे सभामुख को कार्यकक्षमा हुन लागेको हो ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
सरकारले यहि तेस्रो सातादेखि संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल गर्नका लागि सभामुखले बैठक डाकेको बताइएको छ ।