Logo

मोदीलाई बधाई दिँदै देउवाले लेखे: ‘जय श्री राम’



काठमाडौं,९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर स्थापना गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले अयोध्याको प्राण प्रतिष्ठा समारोह सनातन धर्मका अनुयायीहरूका लागि गौरवको क्षण भएको भन्दै मोदीलाई बधाई दिएका हुन् ।

देउवाले जय श्रीरामको नारासहित अयोध्या प्रकरणमा कांग्रेसको समर्थन जनाएका हुन् ।

अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो ।

सोमबार भारतको अयोध्यामा निर्मित भगवान रामको भव्य मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न भएको थियो । चाँदीको छातासहित राम मन्दिरको गर्भगृहमा पसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजापाठ गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्