काठमाडौं,९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज संसदीय दलका सचेतकहरुसँग छलफल गने भएका छन् ।
मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् । सभामुखले आसन्न संसद्को हिउँदे अधिवेशन लगायतका समसामयिक विषयमा छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग पनि छलफल गरेका थिए । छलफलका लागि नेकपा एमालेका सचेतक महेश बर्तौला, माओवादी केन्द्रका सचेतक हितराज पाण्डेलगायतका सिंहदरबारमा पुगेका छन् ।