Logo

देउवाले गरे लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार सदस्य मनोनयन



काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार सदस्य मनोनयन गरेका छन् ।

आज (मंगलबार) सभापति देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा चार जनालाई मनोनयन गरेका हुन् ।

मनोनयन भएका थप सदस्यहरूमा अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्