चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् ।
आज पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए । उनले भने, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए ।
उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।
फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताए । मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उनको भनाइ थियो । उनले भने “कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।”
सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो । “समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ”, उनले भने । विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताए। रासस