Logo

गठबन्धन पूरै अवधि टिक्ने दाबी गर्दै निधिले भने, ‘अबको प्रधानमन्त्री माधव नेपालनै हो’



काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तारुढ गठबन्धन आगामी २०८४ सालसम्मै टिक्ने दाबी गरेका छन् । आज (बुधबार) नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलबीच भएको सहमतिअनुसार अबको प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल हुने बताए ।

गठबन्धनमा भएको सहमती अक्षरस कायम गर्दै गठबन्धन टिकाउनुको विकल्प नरहेको उनको भनाइ छ । उनले पहिलो चरणमा नेकपा (माओवादी केन्द्र) बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’,दुई वर्ष, दोस्रो चरणमा नेकपा (एस) का अध्यक्ष नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने सहमति रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्