Logo

इङ्लिस प्रिमियर लिग : चेल्सीको पोष्टमा लिभरपुलको चार गोल



काठमाडौं, माघ १८ । इङ्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा चेल्सीविरुद्ध लिभरपुलले चार गोल गरेको छ । जवाफमा चेल्सीले लिभरपुलविरुद्ध १ गोल फर्कायो ।

लिभरपुलका डिएगो जोटाले २३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै लिभरपुलका कोनोर ब्राडलीले ३९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमा चेल्सीविरुद्ध २-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । खेलको ६५औँ मिनेटमा डोमिनिक जोबोस्ज्लाईले लिभरपुललाई ३-० को स्थितिमा पुर्‍याए ।

खेलको ७१औँ मिनेटमा चेल्सीका क्रिस्टोफर एनकुंकुले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए । तर, ७९औँ मिनेटमा लिभरपुलका लुइस डाइजले गोल गर्दै चेल्सीविरुद्ध ४-१ को जित सुनिश्चित गरे ।



प्रतिक्रिया दिनुहोस्