Logo

भाई अरुण पक्राउ परेपछि विनोद चौधरीले मुख खोले : सरकारले प्रतिशोध साँध्यो



काठमाडौं, १९ माघ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा आफ्नो भाई पक्राउ परेपछि विनोद चौधरीले मुख खोलेका छन् । उनले भाइ अरुणलाई सरकारले प्रतिशोध साधेर समातेको आरोप लगाए ।

कांग्रेस सांसदसमेत रहेका चौधरीले आज (शुक्रबार) बसेको पार्टीको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा यस्तो बताएका हुन् । उनले सो जग्गा प्रक्रियासंगत रुपमै किनेको पनि दाबी गरे ।

तर, सिआईबीले भने सरकारी जग्गा हडपेको निश्कर्षसहित अरुणसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । विनोद चौधरीले भने सरकारको अहिलेको कदमले आगामी बैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलन नै प्रभावित हुनसक्ने र उद्योग तथा व्यवसायीको मनोबल खस्किने टिप्पणी गरे ।

कांग्रेस संसदीय दलको बैठकमा अरुण चौधरी पक्राउ भएको विषयमा धेरै सांसदले आवाज उठाएका छन् । उनीहरुले सरकारले चौधरीमाथि धरपकड गरेर गल्ती गरेको उनीहरुको भनाई थियो । file photo



प्रतिक्रिया दिनुहोस्