Logo

राष्ट्रिय सभा निर्वाचनमा कोशीको उलटफेर अनपेक्षित, गम्भीर समीक्षा गछौं: कांग्रेस



काठमाडौं,१९ माघ । नेपाली कांग्रेसले गत बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशीमा भएको भोट क्रसलाई अनपेक्षित भनेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा कांग्रेसका विभिन्न नेताहरुले कोशीमा भएको उलटफेरबारे कुरा उठाएका थिए । बैठकमा कुरा उठेपछि कांग्रेसले नजिता अनपेक्षित भएको भन्दै यसबारेमा पार्टीमा गम्भीर समीक्षा हुने जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने,‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट हामीले १९ जना साझा उम्मेदवार उठाएका थियौँ । तर कोशी प्रदेशमा एक सिट गुमायौँ । बैठकले यसलाई अनपेक्षित ठहर गरेको छ । यो विषयलाई गम्भीर रुपमा लिएका छौँ ।’

बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको महिलातर्फ सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइरालाले अप्रत्याशीत जित हात पारेकी थिईन् ।

सत्ता गठबन्धनभन्दा झण्डै ८०० मतले पछि रहेको एमालेलाई जिताउन कांग्रेसको संस्थापन इतर समूह खुलेरै लागेको आरोप लागेको छ । यसबारेमा संस्थापन इतर समूहले अहिलेसम्म कुनैपनि प्रतिक्रिया दिएको छैन् । कांग्रेसको उम्मेदवार जिताएर आफ्नो उम्मेदवारलाई हराएको भन्दै सत्ता गठबन्धानमा संकट आएको अनुमान भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्