काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले व्यवसायी अरुण चौधरी पक्राउ पर्नुलाई सरकारको अग्नि परीक्षाको रुपमा चित्रण गरेका छन् ।
बाँसबारी छालाजुत्ता उद्योगका १० रोपनी जग्गा हडपेको अभियोगमा अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गत बिहीबार पक्राउ गरेको थियो ।
अरुण चौधरीको गिरफ्तारीलाई लिएर निजी क्षेत्रहरुले निरन्तर बचाउ गरिरहेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्दा चुपचाप बसेको निजी क्षेत्र आवद्ध संगठनहरु अरुण चौधरी पक्राउ पर्दा बचाउमा उत्रिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यसैबीच आज अध्यक्ष शेर्पालीले ‘व्यावसायी अरुण चौधरीसँग जोडिएको कांग्रेस राजनीति भ्रष्टाचार अनि सरकारको अग्नि परिक्षा’ भनि प्रतिक्रिया जनाएका छन् ।