Logo

प्रचण्डलाई दुर्गा प्रसाईँको आग्रहः ज्ञानेन्द्रसँग मिल्नुस्, महाराजले बच्चा सम्झेर माफ दिनुहुन्छ



काठमाडौं, २० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजासँग मिल्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रसँग मिलेको खण्डमा बच्चा सम्झेर सबै काण्डहरुमा माफी दिनेसमेत बताए ।

‘तपाईँ न केपी ओलीको हुन सक्नुभयो । न शेरबहादुर देउवाको हुन सक्नुभयो । तपाईँ माओवादीको पनि हुन सक्नुभएन । कहिले एमालेको, कहिले कांग्रेसको वैशाखी टेक्नुहुन्छ । आफ्नो त टेक्ने ठाउँनै छैन । तपाईँले यो राज्यसत्ता छोडिराख्दा खेरी हालत के हुन्छ ? अहिले पनि समय छ ।’ उनले भने, ‘मलाई उहाँका एक जना नजिकका साथीले फोन गरेर के भन्नु भएको थियो भने– अब राजा र प्रचण्डलाई मिलाइदिँदा कसो हुन्छ दुर्गाजी ? राजासँग कुरा गर्नु न दुर्गाजी भन्ने कुरा आयो । पर्दैन राजासँग कुरा गर्न । हामीनै पर्याप्त छौं । यो तपाईँले गर्नुभयो भने राजाले तपाईँलाई आफ्नो बच्चा सम्झेर, राजा भनेको त गार्जेन हो नि, राजाले बच्चा सम्झेर माफ गर्दिनुहुन्छ ।’

केपी ओलीले हत्या गरेर जेल बसेको १४ वर्षपछि राजा विरेन्द्रले आममाफी दिएको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्