Logo

संसद बैठक अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं,२२ माघ । संसद् बैठक अघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सोमबार अपराह्न चार बजे बस्ने संसद् बैठक अघि दिउँसो साढे १ बजे सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

यो बैठकमा सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशनका एजेन्डाबारे सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन्। बैठकले आजको बैठकका एजेन्डा पनि निर्धारण गर्ने छ।

बैठकका सम्भावित कार्यसूची आइतबार सार्वजनिक भएका थिए। जसमा सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्