Logo

अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउनुपर्छ: सांसद पौडेल



काठमाडौं,२४ माघ । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौडेलले सरकारले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भइ रसियाको सेनामा भर्ती भएको बताइन् । उनले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांक समेत सरकारसँग नहुनु लाजमर्दो भएको बताइन् ।

‘राहतको लागि पर्खिरहेका रुँदै गरेका नेपाली, रुस र युक्रेनको युद्धमा छन् । त्यहाँ अहिले पनि यो देशको बिडम्वना मान्नुपर्छ । हाम्रो आवाज सुनिएन भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ ’उनले भनिन ।



प्रतिक्रिया दिनुहोस्