Logo

एकीकृत समाजवादीले २ महिने सङ्गठन तथा सदस्यता विस्तार अभियान चलाउने



काठमाडौं,२८ माघ । नेकपा एकीकृत समाजवादीले २३ महिना पार्टीको संगठन तथा सदस्यता विस्तार अभियान चलाउने भएको छ ।

एकीकृत समाजवादले हालै जारी गरेको अन्तरपार्टी निर्देशिकाअनुसार यो अभियान मूलतः आगामी २०८१ जेष्ठ ३–७ मा आयोजना गरिने महाधिवेशनको सङ्गठनात्मक तयारीलाई ध्यान दिँदै सम्पन्न हुने बताईएको छ ।

उक्त अभियानले आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी सङ्गठनको निर्माणको आवश्यकताबारे त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढि सदस्यता विस्तार गर्नु आवश्यक रहेको हुँदा यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्ने समाजवादीको विश्वास रहेको छ ।

उक्त अभियानमा पार्टीका सबै तहका कमिटीहरु परिचालित गरिने बताईएको छ । जसले गर्दा लक्षित परिणाम हासिल गर्न सकियोस् भन्ने समाजवादीको सोच रहेको छ ।

यो अभियान दुई महिना (माघ २५ देखि चैत्र २५ सम्म) चलाइने एकीकृत समाजवादीले जनाएको छ । अभियानको तयारी प्रदेश कमिटीको बैठकले प्रदेश भरीको योजना बनाएर आरम्भ हुनेछ र क्रमशः जिल्ला र मातहत कमिटीका बैठक बसेर आआफ्नो क्षेत्रमा अभियानको योजना बनाइने छ ।

माघ मसान्तसम्म सबै प्रदेश कमिटीका बैठकहरु बस्नेछन् र प्रदेशमा अभियानको विस्तृत योजना बनाउने छन्। प्रदेश कमिटीको बैठकले सबै जिल्लाको अभियानको नेतृत्व गर्नका लागि आवश्यकताअनुसार मुख्य र सहअभियन्ताहरु खटाउने छ । पार्टी केन्द्रिय कमिटी र केन्द्रीय आयोग तथा निकायका पदाधिकारी र सदस्य प्रदेश कमिटीका सदस्य आआफ्नो बसोबास रहेको जिल्लामा अभियन्ताको जिम्मा लिई क्रियाशील रहनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्