Logo

माओवादीले यी नेता तथा कार्यकर्तालाई घटुवादेखि निलम्बनसम्मको कारबाही गर्ने



काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा हिजो (आइतबार) देखि सुरु भएको बैठक आज (सोमबार) सम्पन्न भएको हो ।

हिजो पार्टीले भर्खरै सम्पन्न गरेको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे ७ भौगोलिक प्रदेश र ३ गैरभूगोल कमिटीका इन्चार्ज र अध्यक्षहरुले बैठकमा रिपोर्टिङ गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेरसँग बैठक सम्पन्न भएको हो ।

केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चार महिने अभियानको समीक्षानै रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।केन्द्रीय कमिटी बैठकले मूलभूत रुपमा अभियान सफल भएको र अभियानले मूल्याङ्कनको निकै राम्रो आधार तयार पारेको निश्कर्ष निकालेको प्रवक्ता सापकोटाले बताए ।

अभियानमा संलग्नताको आधारमा कार्यकर्ताहरुलाई चार वर्गमा विभाजन गरिएको उनले बताए । उनका अनुसार सय प्रतिशतनै खट्ने कार्यकर्ताहरुलाई प्रशंसापत्र वितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्ताहरुलाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशतसम्म खट्नेहरुलाई अझ खट्नुपर्छ भनेर निर्देशन दिने निर्णय भएको छ । त्यसैगरी १५ प्रतिशतभन्दा कम खट्ने कार्यकर्ताहरुलाई स्पष्टीकरण लिने र त्यसपश्चात चेतावनी, निलम्बन, घटुवा लगायतका कारबाही गर्ने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्