काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष, उपप्रधान एवं गृहमन्त्री नायारणकाजी श्रेष्ठले सरकारले औपचारिक विदा दिए पनि नदिएपनि क्रान्तिकारीहरुले यसलाई मनाइरहने बताएका छन् ।
आज (मंगलबार) २९औं जनयुद्ध दिवसको अवसरमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले आजको दिन ऐतिहासिक भएको बताए । कार्यपालिकाको अधिकारमा अदालतले रोक लगाउनु ठीक, बेठीक भन्दा पनि आफूहरुले अदालतको आदेशलाई सम्मान गरेर यसपालिको जनयुद्ध दिवसको विदा कटौती गरेको बताए ।
‘सरकारले औपचारिक रुपमा विदा देओस् नदेओस्, आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो । क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइराखेका छन्,’– उनले भने ।
कुनै सन्दर्भ फेरि शान्ति प्रक्रियालाई पार गरेपछि सरकारी तर्फबाट नै जनयुद्ध दिवस मनाउन दिन आउन सक्ने उनले बताए । जनयुद्धका बारेमा नेपाल र विश्वमै विभिन्न ढंगले बहस भइरहेको उनले बताए । नेपालको आजको वरिवर्तनको निणार्यक भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको दाबी गर्दै उनले कसैले अस्वीकार गर्छभने त्यो ढोङमात्रै भएको उनले बताए । यो विवाद नभएको र विवाद गर्नु सत्यलाई ढाँट्नुमात्रै रहेको बताए । Photo By: Mukunda Kalikote/RN