Logo

सरस्वती पूजा : मैले ‘क’ लेख्न जाने (फोटोफिचर)



काठमाडौं, फागुन २ । आज वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदैछ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ ।

विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ । विशेष गरी आजका दिन काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा पूजा आराधान गर्नेहरुको भिड लागेको छ । आज बालबालिकाहरुले मन्दिरमा ‘कखरा’ र ‘एबीसीडी’ लेख्न सिकेका छन् ।

काठमाडौं, फागुन २ । आज वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदैछ । पञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ ।

विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ । विशेष गरी आजका दिन काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा पूजा आराधान गर्नेहरुको भिड लागेको छ । आज बालबालिकाहरुले मन्दिरमा ‘कखरा’ र ‘एबीसीडी’ लेख्न सिकेका छन् ।

फोटो : मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्