Logo

विश्वासको बढदो संकटले समाजलाई घोर निराशामा पुर्याउन सक्छः महामन्त्री शर्मा



काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले समाजमा डरलाग्दो ढंगले विश्वासको संकट देखिएको बताएका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा पेश भएको महामन्त्री शर्माको राजनीतिक प्रस्तावमा व्यक्ति, परिवार, वित्तीय संस्था, प्रहरी प्रशासन, राजनीतिक दल, न्यायलय सबैतिर विश्वास नगर्ने प्रवृत्ति बढेको उल्लेख छ ।

‘व्यक्तिप्रति अविश्वास, परिवारमा अविश्वास, वित्तीय संस्था होस् या प्रहरी प्रशासन, राजनैतिक दल हुन् या न्यायालय सबैप्रति अविश्वास गरेर आफुलाई बाहेक अरुलाई विश्वास नगर्ने प्रवृत्तिले समाजलाई घोर निराशामा पुर्याउन सक्छ । अझ त्यो निराशामा मलजल गरेर राजनीतिको फसल काट्ने प्रवृत्ति झनै घातक छ,’– उनले राजनीतिक प्रस्तावमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्