Logo

नेपाली नागरिकता, राहदानी र मतदाता परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाइने



काठमाडौं, ८ फागुन । अब नेपाली नागरिकता, राहदानी, मतदाता परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाइने भएको छ । भारतस्थित नेपाली राजदूतावासको पहलमा नेपाल सरकारले जारी गरेका व्यक्तिगत विवरण खुल्ने कागजातका आधारमा सिमकार्ड दिन लागिएको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दूतावासको औपचारिक पहलमा उक्त निर्णय भएको बताएका छन् । ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो। राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो,’– राजदूत शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्