काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले छैटौं सफलता प्राप्त गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २८।४ ओभरमा कुशल भुर्तेलको बलमा निकोल लोफ्टि इटनलाई गुमाएको हो । उनी १७ बलमा ५ रन जोडेर आउट भएका हुन् ।
कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट हो । स्वीप खेल्न खोजेपनि ब्याटमा बल कनेक्ट नभएपछि विकेटकिपर आसिफ शेखबाट लोफ्टी आउट भएका थिए ।
ताजा अवस्थामा नामिबियाले ६ विकेट गुमाएर ११९ रन जोडेको छ ।