काठमाडौं,२२ फागुन । केन्द्रीय सत्ता गठबन्धनमा उलटफेर आएपछि कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । कर्णाली सरकारमा मन्त्री रहेका तीन जनाले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष पदबाट राजीनामा दिएका छन् ।
पदबाट राजीनामा दिँदै अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको पत्रकार सम्मेलन गर्दै जानकारी दिए । कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।
कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए।
मुख्यमन्त्री शर्मा माओवादीबाट निर्वाचित प्रदेश सांसद हुन् । नवगठबन्धनको सहमति अनुसार त्यहाँ एमाले र माओवादीबीच सरकार निर्माण हुनेछ ।