Logo

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं, फागुन २४ । नयाँ मन्त्रिपरिषद् विस्तारसँगै आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहिबेर अघिदेखि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रीहरू बीच परिचय तथा सामान्य निर्णयहरू हुन सक्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दोस्रो गठबन्धन सरकारको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । अहिले सरकारमा एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी सहभागी छन्।



प्रतिक्रिया दिनुहोस्