काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले दुई मन्त्रालय खाली राखेका थिए । जसपा सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
जसपाले राजकिशोर यादव र दीपक कार्कीलाई मन्त्री बनाउन लागेको छ । स्वास्थ्य तथा जनसंख्यामा यादव र वन मन्त्रालयमा कार्कीलाई जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।