Logo

प्रचण्ड सरकारले आजै पूर्णता पाउने, उपेन्द्र सरकारमा सहभागी हुने निश्चित्



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने निश्चित् भएको हो ।

जसपाबाट अध्यक्ष यादव उपप्रधान एवम् स्वास्थयमन्त्री बनेर सरकारमा जाने निर्णय भएको छ । यस्तै, वन मन्त्रालयमा भने नवलकिशोर साह सुडी जाने निश्चित् भएको जसपानिकट उच्च स्रोतको दाबी छ ।

जसपाले एक राज्यमन्त्री पनि पाउने भएको छ । जसपापनि सरकारमा सहभागी हुने भएसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउनेछ । file photo



प्रतिक्रिया दिनुहोस्