काठमाडौं, २५ फागुन । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका १० हजारभन्दा बढि भक्तजनहरुले गुर्जो चिया सेवन गरेका छन् । विगत वर्षझैं यस वर्षको महाशिवरात्रिको अवसरमा राजलवटको नेतृत्वमा निःशुल्क गुर्जो चियाको स्टल राखिएको थियो । बहुगुणकारी गुर्जोको उपयोगिताबारे पनि भक्तालुहरुलाई राजलवटले प्रकाश पारेका थिए ।
सो सेवाको लागि राजलवटका दाइ रमेशबहादुर राजलवट, अभियन्ताहरु कलावती भट्टराई, जयन्ती खडायत, निर्मला चन्द, सञ्जिव चौधरीलगायतले सक्रिय भूमिका खेलेका थिए ।
गुर्जो अभियन्ताहरु विभिन्न शिवालयमा खटिएका थिए । शोभिता भट्टराईले भने मित्रपार्कमा तथा ध्रुव दाहालले सिन्धुलीको दुधौली शालघारीमा स्थापित दुग्धेश्वर महादेव मन्दिरमा धेरै भक्तजनहरुलाई गुर्जाे चिया सेवा गरेका थिए ।
गुर्जाे चिया ८० भन्दा बढी जडीबुटीयुक्त भएकाृलृ जोर्नीको दुःखाई, रुघाखोकी, उच्च रक्तपात, सुगर, ग्याँष्ट्रिक आदिमा अति उपयोगी रहेको राजलवटको भनाई छ ।