काठमाडौं, फागुन २९ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। आज अपराह्न ३ बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
११ सदस्यीय समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमति लगायत विषयमा अध्ययन तथा परामर्श गरी बैठकमा प्रतिवेदन पेश गर्न सभाले निर्देशन दिएको थियो। प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।