Logo

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित



काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनलाई नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मतदान गरेका थिए ।दाहाल राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य थिए । उनको कार्यकाल चार वर्ष बाँकी छ ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए । सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष उर्मिला अर्यालले कार्यकालको सफलताको कामना गरिन् ।

अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गरे । उनलाई प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको पनि समर्थन थियो । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्