काठमाडौं, २९ फागुन । मन्त्रिपरिषद्का दुई वटा बैठकको निर्णय सार्वजनिक भएको छ । गत फागुन २४ गते र २८ गते बसेको मन्त्रिपरिषद्को दुई वटा बैठकको १५ वटा निर्णय सार्वजनिक भएको हो ।
फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औं वार्षिक बैठकमा सहभागी हुन अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्नेसमेत निर्णय भएको छ ।