काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले सत्ता पक्ष र प्रतिपक्ष दुवैसँग समन्वय गरेर राष्ट्रिय सभालाई गतिशील बनाउने विश्वास ब्यक्त गरे ।
दाहाल आजै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो । Photo By: Mukunda Kalikote/RN