Logo

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: तपाईंबाट धोका खाएका एमाले-कांग्रेस मिलेमा राजनेताको गद्दी के होला ?



काठमार्डौं,३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल मिलेमा तपाईंको हालत के होला भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनार्थ बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले प्रचण्ड र माओवादीबाट पटक पटक धोका भएको भन्दै राजनेताको पगरी दुई दल मिलेमा के हुन्छ होला भन्दै प्रश्न गरे ।

उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?

गत फागुना २१ गते प्रधानमन्त्ती प्रचण्डले सत्ता समीकरण बदलेका थिए । नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्काएर प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन निर्माण गरेका थिए । नयाँ समीकरण बनाएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको थियो । कांग्रेस बाहिरिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्