काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुकै सहयोगमा नेकपा माओवादी केन्द्र तेस्रो दलको रुपमा जोगिएको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले गएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएर निर्वाचनमा गएको र कांग्रेसको सहयोगमा माओवादी तेस्रो पार्टी बनेको दाबी गरे ।
‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौं भन्दा गर्दा मुश्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ’, शर्माले भने ।