Logo

कांग्रेस नेतृको प्रश्नः सहकारी ठगीमा मुछिएका रवि लामिछाने पदमा बस्नु कति जायज हो ?



काठमाडौं, १ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सीता मिजारले गृह प्रशासनको बागडोर सम्हालिरहेका रवि लामिछानेमाथि गम्भीर नैतिक प्रश्न उठेको बताएकी छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लामिछाने स्वार्थको द्वन्द्व रहेको मन्त्रालयमा रहिरहनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको बताईन् ।

लामिछाने सार्वजनिक पदमा बसिरहनु जायज नरहेको उनको भनाइ छ । उनले गृहमन्त्री लामिछानेले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्