Logo

कार्यव्यवस्था परामर्श समितिको सदस्यमा सुनिता बराल मनोनीत



काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् ।

यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको जानकारी गराए । एमालेले गत साता यसअघि सचेतक रहेका महेश बर्तोलालाई प्रमुख सचेतकमा बढुवा गर्दै बराललाई सचेतक बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्