Logo

संसद्मा कांग्रेसको एकैस्वर: अरु केही जान्दैनौं, रवि लामिछानेलाई गृहमन्त्री मान्दैनौं !

काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा सहकारी ठगीमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाईएको भन्दै कांग्रेसले संसद् अवरोध गरेको हो ।

शक्रबार बसेको बैठकको सुरुमै कांग्रेस सांसदहरुले उठर विरोध जनाएका थिए । सांसद्को विरोधपछि सभामुख देवराज घिमिरेले युवा नेता प्रदीप पौडेललाई बोल्न दिएका थिए । पौडेलले सहकारीको मुद्दा नसुल्झिएसम्म पदबाट अलग हुन लामिछानेलाई आग्रह गरे । उनले भने,‘प्रमुख प्रतिपक्षले केही दिनयता प्रश्नहरु सोधिरहेको छ, तर प्रधानमन्त्री प्रश्नबाट भागेर हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको यस विषयमा डबल स्ट्याण्डर्ड देखियो । अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनुभएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट राजनीतिमा आउनुभएको हो । राजनीतिमा प्रश्न गर्नमात्र पाउनुपर्छ, आफ्नाविरुद्ध प्रश्न उठाउन पाईँदैन र प्रश्नहरु निषेध गर्नुपर्छ भनेर भन्न मिल्दैन् । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैन थियो । सम्माननीय प्रधानमन्त्रीले प्रश्न बोकेको मान्छेलाई गृहमन्त्री बनाउनुहुँदैन् थियो ।’

सांसद पौडेलले नैतिकता देखाएर पदबाट राजीनामा दिन पनि लामिछानेलाई आग्रह गरे । ‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो’, प्रतिनिधि सभा सदस्य पौडेलले भने,‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’

पौडेलेल बोलपछि सुरु भएको शून्य समयमा बोल्ने अधिकांश कांग्रेस सांसदले स्वार्थ जोडिने मन्त्रालयको जिम्मेवारीमा लामिछाने बसेको भन्दै उनलाई हटाउन माग गरेका थिए । बैठकको शून्य समयमा बोल्दै सहमहामन्त्री तथा सांसद जीवन परियारले गृहमन्त्रीलाई प्रहरीले छानबिन गर्ला भन्दै प्रश्न गरे ।

“२५ जनाको जाहेरीमा कसुर गर्ने व्यक्तिको नामको क्रम संख्या एकमा माननीय गृहमन्त्री रवि लामिछानेको नाम र क्रम संख्या चारमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलगायत १८ जना फौजदारी अभियोग छ,” उनले भने, “के उक्त जाहेरीमा प्रहरीले निष्पक्ष छानबिन गर्ला ? आम नेपाली जनताले प्रश्न गरेका छन् ।”

त्यस्तै सांसद कुसुमदेवी थापाले सहकारी ठगीमा जोडिएको व्यक्रिलाई गृहको चाबी सुम्पिएर सरकारले दूधको साँची बिरोलो बनाएको आरोप लगाईन् । थापाले भनिन्, “जुन व्यक्ति सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानको दायरामा हुनुहुन्छ । त्यही व्यक्तिलाई अनुसन्धान गर्ने मन्त्रालयको बागडोर सम्हाल्न दिएको देख्दा वर्तमान सरकारले दूधको साक्षी बिरालो राख्नुले एकातिर गम्भीर नैतिक प्रश्न खडा गरेको छ भने अर्कोतर्फ अनुसन्धान प्रमावित हुने चिन्ता बढेको छ ।”

कांग्रेसकै अर्का सांसद राजेन्द्र केसीले त रविविरुद्धको मुद्दाले अन्तिम किनारा नपाएसम्म उनलाई गृहमन्त्री नै नमान्ने उद्घोष गरे । उनले स्वर्णलक्ष्मी सहकारीबाट सदस्य नभई ऋण लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गाडी खरिद गरेको बताए । ‘अनुसन्धान नहुन्जेल विश्राम लिनुहोला । ठीक भएको अवस्थामा आउनुहोला होइन भने कुनै हालतमा गृहमन्त्री स्वीकार्न तयार छैनौँ,’ उनले भने ।

शून्य समय र विशेष समय सकिएपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएका थिए। तर, लामिछानेलाई प्रस्ताव पेश गर्न नदिने भन्दै कांग्रेस सांसदले विरोध जनाए ।

कांग्रेस सांसदको अवरोध पनि सभामुख घिमिरेले प्रमुख सचेतक रमेश लेखकलाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि बोलेका लेखकले रवि लामिछानेलाई गृहमन्त्री स्वीकार गर्न नसकिने बताए । उनले गृहमन्त्रीका विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताउँदै तत्काल सदन चल्न नसक्ने बताए ।

‘प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न सक्दैनौँ’, उनले भने, ‘तर विनियोजन विधेयक र प्राथमिकताको सिद्धान्तालाई हामी रोक्दैनौँ।’

प्रमुख सचेतक लेखकले मन्त्रिपरिषद्मा रहेका कुनैपनि सदस्यमाथि कुनै प्रश्न उठेमा राजीनामा दिने नजिर यसअघि प्रतिपक्षीमा रहेका एमाले र रास्वपाले स्थापित गराएको भन्दै गृहमन्त्रीले उक्त नजिरको पालना गर्नुपर्ने बताए ।

‘कुनै पनि मन्त्री यी या सरकारी अधिकारी अनुसन्धान र छानबिनको घेराभित्र पर्नु भएको छ भने संसद्‍मा कुरा उठिसकेको अवस्थामा त्यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘राज्य अहिले गृहमन्त्रीमाथि छानबिन गर्ने गरी त्यही ढंगले अघि बढ्नुपर्ने अवस्था छ। त्यस्तो माननीयलाई पदमा बसिरहन नमिल्ने मान्यता संसद्‍मा स्थापित भएको छ। हिजो प्रतिपक्षमा बसेका दलले पनि उठाउनु भएको माग हो।’

कांग्रेस सांसदले निरन्तर सादन अवरोध गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि सभामुखले उनलाई बोल्न समय दिएका थिए । पाण्डेलाई बोलन समय दिएको भन्दै कांगेस सांसदले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

संसद्मा कांग्रेसको एकैस्वर: अरु केही जान्दैनौं, रवि लामछिानेलाई गृहमन्त्री मान्दैनौं

प्रतिक्रिया दिनुहोस्