काठमाडौं,५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सत्ताका लागि पानीबिनाको माछाझैँ नतड्पिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने कांग्रेसले पहिलो उनको काम हेर्न आग्रह गरे । उनले नयाँ राजनीतिक दललाई स्वीकार गर्ने आँट गर्नसमेत कांग्रेसलाई आग्रह गरे । रवि सहकारी ठगी मुद्दामा जोडिएको भन्दै कांग्रेसले निरन्तर राजीनामा माग्दै आएको छ ।
“सत्ताका लागि पानीबिनाको माछाका झैँ नतड्पिन माननीज्यूहरूलाई हार्दिक गर्दछु,” उनले भने, “ माननीयमाथि भएको जनताको मत र विश्वासको कदर गरेर उहाँ (रवि लामिछाने)लाई गृहमन्त्री तथा उपप्रधानमन्त्रीको रूपमा स्वीकार्न आँट गरौँ ।”