काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मन्त्री पदबाट राजीनामा दिन नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् । श्रेष्ठ यसअघि गृहमन्त्रीको जिम्मेवारीमा हुँदा सुशासनको नारा घन्काएर अपराधलाई ढाकछोप गर्ने काम गरेको शिवाकोटीको आरोप छ ।
उनले फेशबुकमा लेखेका छन्-
निवर्तमान गृहमन्त्री, बहालवाला परराष्ट्रमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उन्मुक्ती दिएका माओवादीका अर्का उपाध्यक्ष एवं सुन तस्करीका एक मुख्य आरोपित कृष्ण बहादुर महरा भारत भगाइन लागेका बेला सिमावर्ती जिल्ला कपिलबस्तुबाट पक्राउ पर्नु र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा अनेरास्ववियूका महासचिव दिपेश पुन पक्राउ पर्नुबाट समेत माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको छ। तस्कर, माफिया र अपराध ढाकछोप गर्नेहरुलाई साथमा लिएर अझै पनि प्रचण्डलाई सुशासनको नारा भटृयाउन अप्ठ्यारो लाग्नु पर्ने हो। अपराधलाई ढाकछोप गर्ने नारायणकाजीजी अझै पनि मन्त्री पदमा बस्न लाज लाग्दैन?