काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । भोलि (मंगलबार) बिहानका लागि बैठक बोलाइएको हो । बैठकमा नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।
माओवादीका उपाध्यक्ष रहेका कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै माओवादीभित्र खैलाबैला सुरु भएको राजनीतिक बृत्तमा चर्चा छ । पार्टी अध्यक्ष स्वयं प्रधानमन्त्री रहेको अवस्थामा आफ्नै उपाध्यक्ष पक्राउ पर्नुलाई माओवादीहरुले सहज रुपमा लिएका छैनन् । File Photo/RN