Logo

सूर्यदर्शन सहकारीका पीडितले सुशासन समितिका सभापति खतिवडालाई बुझाए ज्ञापनपत्र



काठमाडौं, ८ चैत्र । पोखराको सूर्यदर्शन सहकारी पीडितले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई निक्षेपकर्ताहरुको बचत फिर्ता गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । आज (बिहीबार) सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठको नेतृत्वमा पीडितहरुले उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको उल्लेख छ ।पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको पोखरा महानगरपालिकाको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

ज्ञापनपत्र बुझ्दै समिति सभापति खतिवडाले पीडितलाई न्याय दिलाउनको लागि आफ्नो पहल हुने र त्यहीअनुसारको भूमिका खेल्ने विश्वास दिलाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्