काठमाडौं, ८ चैत्र । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले माछापालक किसानहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने बताएका छन् । मन्त्री साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने धारणा राखेकी छिन् ।
आज (बिहीबार) प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘दूग्धजन्य पदार्थमा कर नलगाउने विषयमा अर्थमन्त्री र राष्ट्र बैंकका प्रमुखसँग कुरा भइरहेको छ । दुधको बजारीकरण गर्न आवश्यक छ । डीडीसीले दुई अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था छ, ३० करोड रुपैयाँ ऋण लिएर पठाएकाले सो रकम किसानको हातमा छिट्टै पुग्छ भन्ने विश्वास लिएको छु ।’ file photo