काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले उखु चोर र काक्रो चोरले मात्रै जेल बस्नुपर्ने भन्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालक्षित कटाक्ष गरेका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा आज हाजिर जमानीमा रिहा भएका थिए । उनको रिहासँगै नेता शाहीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उखु चोर र काक्रो चोर मात्र हो जेलमा बस्ने, सुन चोर त बस्न पर्दैन हैन त ?’