Logo

उपत्यकाका ९० स्थानमा चेकिङ, ९०० ट्राफिक परिचालन



काठमाडौं, चैत ११ । रंगहरुको पर्व (होली)लाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले आज आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्दैछ ।

जसका लागि ९०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ ।

दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक र गल्लीमासमेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो । होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने एसएसपी श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्