काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा परिचित युवा नेता ऐन महर केही समय पार्टी जिम्मेवारीबाट परै थिए । पार्टीले महरलाई केही समय जिम्मेवारीविहीन बनाएको थियो ।
आवरणमा महरको राजीनामा स्विकृत गरिएको भनिएपनि भित्री रुपमा भने उनलाई कारबाही गरिएको थियो । तर, हिजो बसेको सचिवालय बैठकले भने महरलाई पूनः केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । पार्टीको निर्णयलगत्तै महरको सक्रिया बढेको छ ।
उनी आज एमाले अध्यक्ष ओलीको निवासमा पुगेका छन् । सो क्रममा उनले यही बैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका उम्मेद्वार दमन भण्डारीसहित जिल्लाको सिंगो टिमसहित अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।
त्यसबारेमा उनले लेखेका छन्–यही बैशाख १५ गते बझाङ प्रदेश सभा निर्बाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा नेकपा एमाले सचिवालय बैठकले जिल्ला कमिटी बझाङका अध्यक्ष कमरेड दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पस्चात बालकोटमा पार्टीका आदरणिय अध्यक्ष एवं उपाध्यक्षलाई बझाङको तर्फबाट धन्यवाद ब्यक्त गर्दै नेकपा एमाले बझाङको सिङ्गो टीम आदरणिय नेतृत्वका साथ तस्विरमा !’