काठमाडौं । सत्तारुढ दल नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।
राउतका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे। घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले हराएका छन्।
जिल्ला कमिटीको नवौंं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्षमा कालुमान लामा विजयी भएका छन् भने सचिवमा टेकबहादुर राउत विजयी भए ।
उपसचिव खुलातर्फ हेमबहादुर खड्का र महिला उपसचिवमा गंगा राई निर्वाचित हुँदा सदस्यहरुमा भने केही सर्वसम्मत र केहीमा निर्वाचन भएको छ ।