Logo

६ दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे



काठमाडौं,१७ चैत । निरन्तरको सदन अवरोधलाई हटाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । घिमिरेले आज ६ दलका प्रमुख सचेतक र सचेतकसँग सदनमा देखिएको अवरोध हटाउनेबारे छलफल गर्न लागेका छन् ।

सभामुख घिमिरेले बिहान सवा ११ बजेपछि ६ दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख घिमिरेले संसदको अवरोध, नयाँ कार्यतालिका, संसदको प्रभावकारितालगायतका विषयमा छलफल हुनेछ । छलफलका लागि सभामुख घिमिरेले कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्