Logo

झलनाथ खनालको नजरमा रिपोर्टर्स क्लबः सुशासन, शान्ति र समृद्धिको वाहक



रिपोर्टर्स क्लबको २६औं स्थापना दिवसको सन्दर्भमा उत्तरोत्तर विकास, समृद्धि, जनमुखी,राष्ट्रमुखी कामहरुलाई अगाडि बढाउन सकोस् । जनतालाई सुशिक्षित गर्न सकोस् । देशभक्तिपूर्ण भावना, समाजवादी भावना, संविधानले अगाडि सारेका प्रगतिशील कुराहरुप्रति प्रतिवद्ध भएर अगाडि बढोस् । मेरो शुभकामना छ ।

आज देश जुन प्रकारको संकटबाट अगाडि बढ्दैछ, मुलुक त्रिशंखु संसद्को कारणले राजनीतिक रुपले बढो अस्थिरताबाट अगाडि बढिरहेको छ । एकपछि अर्को समीकरणहरु बनिरहेका छन् । तर, ती सरकार कति समय टिक्छन् भनेर मानिसहरु ढुक्क हुन सकिरहेका छैनन् । अस्थिरताले अहिले देशलाई बडो नराम्रो ढंगले प्रभाव पारिरहेको छ । आर्थिक क्षेत्रमा संकटैसंकट छन् । कृषि क्षेत्र, औद्योगिक क्षेत्र, सामाजिक–सांस्कृतिक क्षेत्रहरु संकटग्रस्त छन् । देशमा रोजगारी छैन । उद्यमहरु विकास हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य डामाडोल अवस्थामा छ ।

त्यसकारणले यो देशलाई अगाडि बढाउनको निम्ति अत्यन्त जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, र शन्ति र समृद्धिलाई अगाडि बढाउनका निम्ति रिपोर्टर्स क्लबले अगामी दिनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । यी आवश्यकताहरुलाई ध्यानमा राखेर क्लब अगाडि बढोस् ।

ऋषि धमला, रिपोर्टर्स क्लब भन्नेवित्तिकै नाम आइहाल्छ । उहाँको अगुवाइमा बनेको यो रिपोर्टर्स क्लबले आगामी दिनमा यी ऐतिहासिक दायित्वलाई निर्वाह गर्न सकोस् ।

(रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा नेता खनालले नेपाली रेडियो नेटवर्कका पत्रकार ऋषि धमलासँग गरेको संवादको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस्