काठमाडौं, १७ चैत्र । पूराना वामपन्थी नेता भाइकाजी सापकोटा आम जनता पार्टी प्रवेश गरेका छन् । आज (शनिबार) एक कार्यक्रमका बीच सापकोटालाई आजपाका अध्यक्ष प्रभु साहले पार्टीमा प्रवेश गराएका हुन् ।
साहले देशमा विद्यमान सबैखाले बेथीति, भ्रष्टाचार र वर्तमान संकटको समाधान गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउने संकल्पसहित आम जनता पार्टीमा दिनानुदिन प्रवेशको लहर बढ्दै गएको दाबी गरेका छन् ।
आज आजपाको केन्द्रीय मुख्यालयमा आयोजित एक समारोहबीच पुरानो वामपन्थी नेता भाईकाजी सापकोटा, गुरू बालकृष्ण आचार्य, युवा नेता राहुल बुढामगर, भरत श्रेष्ठ, लक्ष्मी दाहालसहित दर्जनौं अगुवा नेताहरु विभिन्न पार्टी परित्याग गरी विधिवत रुपमा आजपामा गोलबन्द भएकोमा सहर्ष हार्दिक स्वागत, बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको लागि अध्यक्ष साहले शुभकामना व्यक्त गरेका छन् ।