Logo

सुहाङ र मिलनसँग भिड्ने उम्मेदवार तय गर्न देउवाले बोलाए बैठक



काठमाडौं,१८ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पाद समितिको बैठक आह्वान भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न इलाम २ र बझाङ प्रदेश सभा (ख) को उम्मेदवार तय गर्न मंगलबारको लागि बैठक बोलाएका हुन् ।

मंगलबार बस्ने बैठकले मात्र उपनिर्वाचनको उम्मेदवार तय गर्नेछ । आगामी वैशाख १५ गते इलाम २ र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम २ को उपनिर्वाचनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ । ०५१ सालदेखि हालसम्म कुनैपनि निर्वाचन जित्न नसकेको कांग्रेसले यसपटक चुनाव जितिरै छाड्ने दाबी गर्दै आएको छ ।

इलाम २ मा सत्तारुढ दल नेकपा एमालेले स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार उठाउँदा रास्वपाले पहिचानवादी मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । नेकपा एमोलको गडको रुपमा परिचित इलाममा एमालेसहित तीनै दलले प्रतिष्ठाको विषय बनाएका छ्न ।

कांग्रेसका गत वर्षको चुनाव हारेका डम्बर खड्का र संस्थापन इतर समूहका भेषराज आचार्यबीच टिकटका लागि हानाथाप चलिरहेको छ । देउवाले यसपटक पनि खड्कालाई नै उम्मेदवार उठाउने तयारी गरेको देउवा निकट स्रोको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्