Logo

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा मन्त्री धनबहादुर बुढा सम्मानित



काठमाडौं, १८ चैत । शहरी विकास मन्त्री धनबहादुर बुढा सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा मन्त्री बुढालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले संयुक्त रुपमा सम्मान गरेका हुन् । मन्त्री बुढाले राजनीतिमार्फत मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृति विकासमा पुर्याएको योगदानको कदर गर्दै क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान प्रदान गरेको हो ।

‘नेपालको राजनीतिमा सक्रिय तपाईले राजनीतिमार्फत मुलुकको आर्थिक सामाजिक, राजनीतिक, सांस्कृति विकासमा तपाईले महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ । नेपालको विकट जिल्ला डोल्पाबाट राजनीति सुरु गर्नु भएको तपाईं नेपाली राजनीतिको सम्मानित सम्मानित व्यक्तित्व हुनुहुन्छ । कर्णाली प्रदेशको जनप्रतिनिधि र मन्त्रीको रुपमा तपाईले मुलुककै बिकट कर्णाली प्रदेशको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदानसहित सक्रिय भूमिका खेल्दै आएको भएको छ । आफ्नो क्षेत्रमा सदैव समर्पित रही तपाईंले पुर्याउनुभएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदर स्वरूप रिपोर्टर्स क्लब नेपाल २६औं वार्षिकोत्सव–२०८० को अवसरमा तपाईं श्री धनबहादुर बुढाज्यूलाई विशेष सम्मानद्वारा अभिनन्दन गर्दछ,’– सम्मानपत्रमा भनिएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं मन्त्री बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस्