Logo

पर्यटन ऐन तत्काल परिवर्तन गर्न सांसद भट्टराईको माग



काठमाडौं,२० चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले पर्यटन ऐन परिवर्तन गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले पर्यटन ऐन २०३० लाई तत्काल अध्यावधिक गर्न माग गरेकी हुन् । भट्टराईले २०२५ सम्ममा पर्यटन ऐन परिवर्तन नभएमा सरकारले राखेको पर्यटक भित्र्याउने लक्ष्य पूरा नहुने बताईन् ।

पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गरिन् । उनले भनिन्, “पर्यटक राजधानी त पोखरालाई घोषणा गर्‍यौं । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । पर्यटन उद्योगले निर्यात वस्तुको ३८ प्रतिशत र गैरउद्योग सेवाहरूको कुल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झन्डै चार प्रतिशत योगदान पुर्‍याउँछ ।”



प्रतिक्रिया दिनुहोस्